२६ साउन , काठमाडौँ
मंगलबार सुनको भाउ समान्य बढेको छ भने चाँदीको भाउ झनै घटेको छ। यस दिन सुनका मूल्य तोलामा २०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको लागि छापावाला सुनको मूल्य प्रतितोला ८९ हजार २०० रुपैयाँ र तेजाबी सुनको लागि प्रतितोला ८८ हजार ७५० रुपैयाँ तोकिएको छ। अघिल्लो दिन छापावाला सुन प्रतितोला ८९ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ८८ हजार ५५० रुपैयाँमा खरिद बिक्री भएको थियो।
यस्तै, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। यस दिन चाँदी अघिल्लो दिनको तुलनामा तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार २०५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला १ हजार २१५ रुपैयाँमा खरिद बिक्री भएको थियो।