२६ साउन, काठमाडौं ।
आज बिहान ११ बजे राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठकमा विभिन्न विधेयकसँग सम्बन्धित प्रतिवेदन पेस हुने कार्यसूची छ । आजको विधायन व्यवस्थापन समिति सभापति परशुराम मेघी गुरुङले ‘रेल्वे विधेयक, २०७६’ सम्बन्धी समितिको प्रतिवेदन पेश गर्नेछन् ।
यस्तै ‘प्रत्यायन (एक्रिडिटेशन) विधेयक, २०७६’ सम्बन्धी समितिको प्रतिवेदन पनि पेस हुने कार्यसूची छ । यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७’, ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ माथि विचार गरियोस’ भन्ने प्रस्ताव पनि पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
बैठकमा ‘स्टाण्डर्ड नाप र तौल (पाचौँ संशोधन) विधेयक, २०७६ पनि छलफलका प्रस्ताव गरिने कार्यसूची छ ।
न्युज सेवा