कांग्रेसका नेता गगन थापाले कक्षा १२ को परीक्षा मात्रै स्थगित गरेर अन्य परीक्षा भने कायमै राखिएको प्रति चर्काे असन्तुष्टि जनाएका छ । उहाँले यसको आधार तर्क के हो भन्दै प्रधानमन्त्री तथा स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न गर्नुभएको छ । थापाले सामाजिक सञ्जालमार्फत प्रश्न गर्नुभएको छ, ‘यस विषयमा स्वास्थ्य मन्त्रालयको धारणा के छ । प्रधानमन्त्रीज्यू कि स्वास्थ्यका सम्पूर्ण मापदण्ड पूरा गरेर परीक्षा सञ्चालन गर्ने विश्वास सरकारले दिलाउनु पर्यो कि वैकल्पिक माध्यमबाट परीक्षा संचालन गर्नुपर्यो।
लोकसेवा आयोगले भने साउन १५ गतेदेखि असोज २३ गतेसम्म हुने परीक्षा तालिका प्रकाशित गरीसकेको छ । धेरै जिल्ला हरुमा भने कक्षा ११ को परीक्षा चलिरहेको छन ।