घट्यो सुन चाँदीको मूल्य

  • Saptarangi Media
  • सोमवार, साउन २५, २०७८ १२:४६
घट्यो सुन चाँदीको मूल्य

साउन २५ , काठमाडौँ ।
सोमबार सुन र चाँदी दुबैको मूल्य घटेको छ। यस दिन सुनका मूल्य तोलामा १ हजार रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको लागि छापावाला सुनको मूल्य प्रतितोला ८९ हजार रुपैयाँ र तेजाबी सुनको लागि प्रतितोला ८८ हजार ५५० रुपैयाँ तोकिएको छ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला ९० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ८९ हजार ५०० रुपैयाँमा खरिद बिक्री भएको थियो।

यस्तै, सोमबार चाँदीको मूल्य पनि घटेको छ। यस दिन चाँदी अघिल्लो दिनको तुलनामा तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १ हजार २१५ रुपैयाँमा कारोबार भइरहेको छ।आइतबार चाँदी प्रतितोला १ हजार २४० रुपैयाँमा खरिद बिक्री भएको थियो।
मेरो लगानी

  • Saptarangi Media
  • सोमवार, साउन २५, २०७८ १२:४६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।