साउन २५ , काठमाडौँ ।
आज साउन २५ ( ९ तारिक ) अन्तराष्ट्रिय आदिवासी दिवस रहेको छ । आदि को अर्थ सुरु वा पहिला भन्ने हुन्छ । यसर्थ , कुनै पनि स्थानमा
आदिम समय देखि वा पहिला देखि बसोबास गर्ने मान्छेहरु भन्ने बुजिन्छ ।
जो संग आफ्नै मौलिकता हुन्छ , जस्तै हस्तकला तथा कलाकारिता । बिश्वको कुल जनसंख्यामा आदिवासीको ५ प्रतिशत रहेको छन् । अझ आफ्नै मौलिकपन बोकेको , आफ्नै कला संस्कृति र पहिचान भएको हाम्रो देश नेपालको अबस्थामा हेर्ने हो भने अधिकांस भू – भागमा आदिवासीको बसोबास रहेको छ ।
आदिवासी र संस्कृतिको पहिचानको लागि २३ डिसेम्बर १९९४ मा संयुक्त राष्ट्रसंघले ९ अगस्तलाई घोसणा गरेको हो भने यो दिवस पहिचानको लागि बंगलादेशका कलाकार रिबन देवानले लोगो बनाएका हुन् ।
सम्पूर्ण मानब जातिलाई आदिवासी दिवसको शुभकामना ।