राप्रपाको भातृसंगठन राष्ट्रिय प्रजातान्त्रिक बिद्यार्थी संगठनको उपत्यका केन्द्रीय कमिटीका अध्यक्ष महेश बहादुर सिंहको अध्यक्षतामा बसेको बैठकले । राप्रपा एकता पश्चात राप्रविसंको नेतृत्व चयन गर्न अर्का अध्यक्ष धनशुर शाहि संग सम्वाद गरि चाडो टुंगोमा पुर्याउन संगठन का अध्यक्ष महेश बहादुर सिंहलाइ जिम्मेवारी दिइका छन । कक्षा १२ परिक्षा स्थगित गर्ने निर्णय उपयुक्त नभएको र उक्त निर्णयले लाखौ बिद्यार्थीको भविष्य अन्यौलमा पर्ने हुदा , बैकल्पिक बिधिबाट आवश्यक स्वास्थ्य मापदण्ड पुरा गरेर यथासिघ्र परिक्षा सन्चालन गर्न शिक्षा मन्त्रालय तथा राष्ट्रिय परिक्षा बोर्डलाइ आग्रह गर्ने र साथै सम्पुर्ण बिद्यार्थी तथा शिक्षक , कर्मचारीलाइ कोरोना बिरुद्धको खोप उपलब्ध गराउन नेपाल सरकार लाइ आग्रह गरेका छन । दार्चुलाको महाकालीमा तुइन तर्ने क्रममा ब्यपत्ता भएका नेपाली नागरिक जयसिंह धामिको प्रकरणमा भएको घटना बारे सत्यतथ्य रुपमा प्रतिवेदन छिटो भन्दा छिटो बाहिर ल्याउन सरकारलाई आग्रह गर्ने निर्णय जनसंगठनका महासचिव जनक फडेराले जानकारी गराएका छन ।