कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर तथा प्रदेशका विभिन्न जिल्लाहरुमा हिजोआज मान्छेको आवतजावत निकै बढे संगै कोरोना पनि बढन थालेको को छ । तर, जनस्वास्थ्यका मापदण्ड पालना भएको देखिँदैन । मान्छेको भिडभाड हुने स्थलहरु विशेषगरी बैङ्क, बसपार्क र अन्य सार्वजनिक स्थलहरुमा सामान्यतया मास्कको समेत प्रयोग भएकोवीरेन्द्रनगरमा निकै भिड हुने क्षेत्रमा तरकारी बजार पनि एक हो । तरकारी पसलमा तरकारी विक्री गर्नेहरुले न मास्कको प्रयोग गरिरहेका छन्, न त सेनिटाइजर नै प्रयोग गर्छन् ।
सामान्य नागरिक र व्यापारीमात्रै नभएर सरकारी तथा गैरसरकारी निकायदेखि राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुले समेत जनस्वास्थ्यका मापदण्ड पालनामा लापरवाही गरिरहेको सरोकारवालाहरुको भनाइ छ । साउन १ गते कर्णालीमा कुल संक्रमितको संख्या २९ हजार ३३३ थियो भने २० दिनपछि यो संख्या बढेर ३० हजार ७८९ पुगेको छ । निर्देशनालयका प्रमुख डा. रविन खड्काका अनुसार पछिल्लो समय संक्रमण दर निरन्तर उकालो लाग्न थालेको छ ,
कर्णाली प्रदेशमा साउन महिना यता कोरोनाका संक्रमण ,
साउन १६ संक्रमित–८४, डिस्चार्ज–७७, सक्रिय संक्रमित–६८७, मृत्यु– शून्य
साउन १७ संक्रमित–१८, डिस्चार्ज–२३, सक्रिय संक्रमित–६७९, मृत्यु– शून्य
साउन १८ संक्रमित–७७, डिस्चार्ज–७१, सक्रिय संक्रमित–७००, मृत्यु– शून्य
साउन १९ संक्रमित–९२, डिस्चार्ज–५३, सक्रिय संक्रमित–७२९, मृत्यु– शून्य
साउन २० संक्रमित–१०३, डिस्चार्ज–४७, सक्रिय संक्रमित–७७२, मृत्यु– १
साउन २१ संक्रमित–९८, डिस्चार्ज–३३, सक्रिय संक्रमित–८३७, मृत्यु– शून्य