२४ साउन, काठमाडौं ।
नेपालीहरुले धेरै नै रुचाएको रियालिटी शोव भ्वाइस अफ नेपाल सिजन ३ मा गएराती शनिबार ग्राण्ड फिनाले भएको छ । फिनालेको लागि फाइनलमा ४ जना भोटको आधारमा छनोट भएका थिए ।
टीम प्रमोदबाट किरण गजमेर फाइनलमा प्रवेश गरेका थिए , त्येस्तै टीम दीपबाट आर्यन तामाङ फाइनल प्रवेश गरेका थिए , टीम राजुबाट बाग्लुङकी तारा श्रीष मगर फाइनल प्रवेश गरेकी थिइन् र टीम तृष्णाबाट ज्वाला राई फाइनलमा प्रवेश गरेका थिए । फाइनलमा प्रवेश गरेका ४ जना मध्ये किरण गजमेरले द भ्वाइस अफ नेपाल टाइटल जित्न सफल भएका छन् । उनि गएराती भएको फिनालेमा विजय घोसित भएका छन् ।
प्रतिस्पर्धामा को बन्छ होला त यो पटकको ” द भ्वाइस ” सबैको कौतुहलताको बनको बिषय मेटिएको छ भने सम्पूर्ण टिमलाई बधाई।