घट्यो सुन चाँदीको भाउ ।

  • Saptarangi Media
  • आइतवार, साउन २४, २०७८ ११:४१
घट्यो सुन चाँदीको भाउ ।

२४ साउन , काठमाडौँ
आइतबार सुन र चाँदी दुबैको भाउ घटेको छ। यस दिन सुनका भाउ तोलामा १ हजार ५०० रुपैयाँले घटेको छ भने चाँदीको भाउ तोलामा २५ रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको लागि छापावाला सुनको भाउ प्रतितोला ९० हजार रुपैयाँ र तेजाबी सुनको लागि प्रतितोला ८९ हजार ५०० रुपैयाँ तोकिएको छ।अघिल्लाे दिन छापावाला सुन प्रतितोला ९१ हजार ५०० र तेजाबी सुन प्रतितोला ९१ हजार रुपैयाँमा खरिद बिक्री भएको थियो।

यस्तै, आइतबार चाँदीको भाउ पनि घटेको छ। यस दिन चाँदी अघिल्लो दिनको तुलनामा तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १ हजार २४० रुपैयाँमा कारोबार भइरहेको छ।शुक्रबार चाँदी प्रतितोला १ हजार २६५ रुपैयाँमा खरिद बिक्री भएको थियो।
मेरो लगानी

  • Saptarangi Media
  • आइतवार, साउन २४, २०७८ ११:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।