२२ साउन काठमाडौँ ।
विश्वमा अहिले कोरोना संक्रमणदर घट्नुको सट्टामा पछिल्लो २४ घण्टामा फेरी बढेको छ ।
पछिल्लो २४ घण्टाको तथ्यांक अनुसार ६ लाख ९० हजार ७६८ संक्रमित थपिएका छन् भने १० हजार २५३ जनाले ज्यान गुमाएको वल्डोमिटर्सले जनाएको छ ।
संक्रमणमा परेका १ करोड ५९ लाख ३७ हजार ११५ जनामा सक्रिय संक्रमण छ । उनीहरूमध्ये ९४ हजार ६३४ जनाको स्वास्थ्य अवस्था गम्भीर छ । संक्रमण फैलिएका मुलुकको सूचीमा अमेरिका सबैभन्दा शीर्ष स्थानमा छ ।