२२ साउन काठमाडौँ ।
शुक्रबार सुन र चाँदी दुबैको भाउ घटेको छ। यस दिन सुनका भाउ तोलामा ५०० रुपैयाँले घटेको छ भने चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको लागि छापावाला सुनको भाउ प्रतितोला ९१ हजार ५०० रुपैयाँ र तेजाबी सुनको लागि प्रतितोला ९१ हजार रुपैयाँ तोकिएको छ।
अघिल्ले दिन छापावाला सुन प्रतितोला ९२ हजार ५०० र तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा खरिद बिक्री भएको थियो।
यस्तै, शुक्रबार चाँदीको भाउ पनि घटेको छ। यस दिन चाँदी अघिल्लो दिनको तुलनामा तोलामा २० रुपैयाँले घटेर प्रतितोला १ हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ।