२२ साउन , काठमाडौं ।
नेपाल प्रज्ञा प्रतिष्ठानले संग्रहालय बनाउने प्रयोजनका लागि भनेर महाकवि लक्ष्मीप्रसाद देवकोटाको मैतीदेवीमा रहेको घर भत्काउन सुरु गरेको छ ।
काठमाडौं महानगरपालिका–३० मैतीदेवीमा महाकवि देवकोटाको घर भएको स्थानमा नेपाल प्रज्ञा प्रतिष्ठानले संग्रहालय बनाउन लागेको हो । महाकवि देवकोटाकी छोरी अम्बिकादेवी रिमालले प्रज्ञा प्रतिष्ठानले ‘राम्रो कामका लागि घर भत्काएको होला भन्ने विश्वास रहेको’ बताएकी छिन् । महाकवि देवकोटाको घर सरकारले साढे २ करोडमा किनेको छ ।
बेलायतमा झण्डै ५०० वर्ष अघि शेक्सपियरसँग गाँसिएका ४-५ वटा यस्ता झिँगटीका घरहरू अझै पनि सुरक्षित रहेका छन् तर नेपालमा देवकोटाले घर वि.सं. १९९० सालतिर किनेको घर भत्काउदा मानिसहरुले सामाजिक संजाल भरि आक्रोस व्यक्त गरेका छन् । उक्त घर कविले सास फेरेको घर हो ,जीवित अवस्थामा भएपनि आजसम्म बचेको लक्ष्मीप्रसाद देवकोटाको घर भत्काएर उस्तै संग्रहालय निर्माण गर्नुको अर्थ न भएको कुरा स्थानियले बताएका छन् ।