पछिल्लो २४ घण्टामा मुलुकमा ३९३८ कोभिड बिरामी थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १८ हजार ४०८ नमुना -११ हजार ८७० पीसीआर र ६५३८ एन्टीजेन परीक्षण गर्दा ती बिरामी थपिएका हुन् ।बिहीबार थप ३७ जनाको मृत्यु भएको छ । थप२०१२ जना निको भएका छन् । सक्रिय संक्रमितको संख्या ३४ हजार ४२२ पुगेको छ । पछिल्लो २४ घण्टामा १ लाख १७ हजार जनाले कोभिड विरुद्धको खोप लगाएका छन् । अहिले कूल संक्रमित संख्या ७ लाख ८ हजार, कूल मृत्यु ९९९४ पुगेको छ ।