श्रमिक लाई अझै पनि किन पुगेन सरकारको नजर ? कहिले पाउछन् त कोरोना खोप ….?

  • Saptarangi Media
  • बिहिबार, साउन २१, २०७८ १७:१६
श्रमिक लाई अझै पनि किन पुगेन सरकारको नजर ? कहिले पाउछन् त कोरोना खोप ….?

काठमाडौँ । 

नेपालमा कतिपय ठाउँहरुमा कोरोनाको खोप पुग्यो भने कतिपय ठाउँहरुमा पुगेको छैन । काग लाई बेल पाक्यो हर्ष न बिस्मात भनेको जस्तो , कोरोनो को खोप आए पनि न आए पनि ज्याला मजदुर गर्ने श्रमिकहरु लाई के नै भयो र ? बिशेष गरि रातदिन न भनि जो सुरुङ्ग मार्ग भित्र काम गरिरहेका छन् , जो बिजुलीका पोल पोल कुदिरहेका छन् , जो सडक निर्माण का कामहरु गरिरहेका छन् खै त उनीहरु लाई कोरोना खोप ? खै त उनीहरु लाई सरकार ले दिएको प्राथमिकता ?

दिन रात न भनि काम गर्ने श्रमिकहरु लाई चै के कोरोना लाग्दैन , कि त कोरोनाले श्रमिक हरुलाई म बिस्तारै आउछु भनेको हुनु पर्यो । कतिपय ठाउँहरुमा ज्याला मजदुरहरुले बिरोध गरिरहेका छन् भने त कतिपय ठाउँहरुमा सिटामोल सम्म न पाएर ज्यान गुमाउनु परेको छ ।
खोप को दोश्रो डोज पुगी सक्दा र कोरोनाको तेस्रो लहर पुगी सक्दा पनि अझै सरकारले श्रमिक भए सम् नजर लगाउन फुर्सद पाएको छैन । हुनत फुर्सद पाउने पनि कसरी , घरि सिंहदरबार त घरि पाच तारे।

राजनीतिमा को सत्रु को मित्रु भन्ने थाहा हुन् रे त्यहि भएर होला आफ्नै समूह भित्र पनि को कति बेला टुट्ने त कति बेला जुड्ने थाहानै नहुने । साहेद त्यसैमा नजर लगाउदा लगाउदा श्रमिकहरुमा पुग्न सकेन नजर ।

  • Saptarangi Media
  • बिहिबार, साउन २१, २०७८ १७:१६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।