नेकपा एमाले पार्टी वारकी पार भई रहेको बेला नेकपा एमालेका केन्द्रीय सदस्य तथा सांसद मेटमणी चौधरीले एमालेको ओली समुहलाई बयलगाढा चुनाव चिन्ह लिएर नेकपा (ओली) पार्टी बनाउने बताएकाछन । नेकपा एमालेको एकताका लागि माधव नेपाल पक्षका दोस्रो तहका नेताहरू क्रियाशील रहेका बेला बोलाइएको केन्द्रीय कमिटी बैठकमा सहभागी नेताहरूले भने केपी ओलीलाई अध्यक्ष मानेर एकता गर्न नहुने बताउदै आएका छन्।पोलिटब्यूरो सदस्यसमेत रहेका नेता अरुण नेपालले एमाले एकताको विकल्प नरहेको बताए । नेपालले भने, ‘नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई मान्दिन भनेर एकता हुँदैन । १० बुँदे सहमतिको आधारमा मुख्य नेताहरूबीच छलफल भएर सम्मानजनक रुपमा पार्टी एकताबद्ध हुनुपर्छ ।’तर, अर्का केन्द्रीय सदस्य तथा सांसद मेटमणी चौधरीले भने ओलीलाई एमालेको अध्यक्ष मान्न नसकिने बताए । चौधरीले भने, ‘केपी ओली रहुन्जेल पार्टी एकता हुँदैन । उनको पार्टीलाई त सर्वोच्च अदालतले अवैधानिक घोषणा गरिसकेको छ । हामी केपी ओलीलाई अध्यक्ष मानेर एमालेमा एकता गर्दैनौं ।