आज बिहानैदेखि नेपाल टेलिकमको मोबाइलमा रिचार्ज नहुने समस्या देखिएको छ। रिचार्ज कार्डबाट भने रिचार्ज भइरहेको छ।बिहीबार बिहान ५ बजेदेखि नै यइसेवा, खल्ती, मोबाइल बैंकिङजस्ता माध्यमबाट भने रिचार्ज भएको छैन। नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले रिचार्ज नहुने समस्या आएकोले समाधानका लागि प्रयास भइरहेको बताए छन्। कार्डबाट रिजार्च भइरहेको छ। विद्युतीय माध्यमबाट रिचार्ज गर्ने हाम्रो इक्युपमेन्टमा समस्या आएको हो। समाधानका लागि प्राविधिकहरूले काम गरिरहेका छन्,’ उनले भने।