बुधबार बंगलादेशमा जन्ती सवार डुंगामा चट्याङ पर्दा १६ जनाको मृत्यु र बेहुलासहित १२ जना घाइते भएका छन् ।
चट्याङ बंगलादेशको पश्चिमोत्तर जिल्ला चापाइन्बाबगञ्ज जिल्लाको शिवगञ्ज भन्ने स्थानमा परेको हो ।
जन्ती सवार डुंगाका जन्तीहरु डुंगा बाट ओर्लिएर आश्रय लिन लाग्दा चट्याङ परेर १६ जनाको मृत्यु भएको मुख्य प्रशासनिक अधिकारी साकिब अल रब्बीले घटनाको पुष्टि गर्नु भएको हो ।