२० साउन, काठमाडौं ।
जुवा खेल्दै गरेको अबस्तामा काठमाडौँको विजेश्वरी क्षेत्रबाट नगत सहित २१ जना पक्राउ भएका छन् । प्रहरीले ६ लाख ४ हजार रुपैयाँसहित पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार हारजित हुने गरी ओखर खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरीको टोली खटिएको थियो । त्यही खटिने क्रममा प्रहरीले पक्राउ गरेको हो । उनीहरू बिजेश्वरीस्थित प्रकाश शाहीको घरको चौथो तलामा बसेर खेलिरहेका थिए । उनीहरूमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको एसपी बस्नेतले बताएका छन् ।