२० साउन, काठमाडौं ।
अहिले कोरोना सङ्क्रमितको संख्या घट्नुको सट्टामा झापामा कोभिडको अस्पतालहरुमा भरिभराउ भएका छन् । मेची प्रादेशिक अस्पताल भद्रपुरमा ७५ संख्याको कोभिड उपचार केन्द्र रहेकामा ६० जना सङ्क्रमितको उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. टङ्क बाराकोटीले बताएका हुन् ।
अस्पतालमा ६० वटा संख्या मात्र अक्सिजनको सुविधा उपलब्ध छ र ती सबै भरिएका छन् । अक्सिजन ‘ सपोर्ट ’ चाहिने नयाँ बिरामीलाई अन्य अस्पतालमा पठाउन थालिएको छ । पाँचवटा आइसीयु कक्षमध्ये तीनवटा कोभिडका बिरामीको उपचारका लागि छुट्याइएकामा सबै संख्या भरिएको छ । झापामा सबैभन्दा बढी १०० संख्या कोभिड सङ्क्रमितको उपचारका लागि छुट्याएको विर्तामोडको बीएन्डसी अस्पतालमा ७४ जना बिरामीको उपचार भइरहेको छ ।