नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक आज दिउँसो बस्दैछ । कांग्रेस सभापति शेरबहादुर देउवा निवासको निजी निवास बुढानीलकण्ठमा बस्ने बैठकमा क्रियाशील सदस्यता विवादबारे छलफल हुने जनाईएको छ । । क्रियाशील सदस्यता छानविन समितिले साउन १२ गते पार्टी सभापति देउवालाई सदस्यताको समक्ष्य अन्तिम प्रतिवेदन बुझाइसकेको छ ।
तर बारा, सप्तरी, धनुषा ४, सर्लाही २, रसुवा सिन्धुपाल्चोक लगायतका जिल्लामा नयाँ र समायोजनबाट आएका क्रियाशील सदस्यता विवाद समितिले सुल्झाउन नसकेपछि शीर्ष नेतालाई जिम्मेवारी दिइएको छ । बैठकमा पार्टी सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँगै सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्य डा मिनेन्द्र रिजाल र रमेश लेखक सहभागी हुने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । शीर्ष नेताहरुलाई विवाद समाधभानका लागि पाँच दिनको समय दिइएको थियो ।