गृहमन्त्री खाण र मुख्यमन्त्री राउतबीच भेटवार्ता , वार्तामा कोभिड नियन्त्रणका लागि सहकार्य गर्ने

  • Saptarangi Media
  • बुधबार, साउन २०, २०७८ १२:४५
गृहमन्त्री खाण र मुख्यमन्त्री राउतबीच भेटवार्ता , वार्तामा कोभिड नियन्त्रणका लागि सहकार्य गर्ने

२० साउन, काठमाडौं ।

गृहमन्त्री बालकृष्ण खाण र प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतबीच मङ्गलबार साँझ भेटवार्ता भएको छ । भेटवार्तामा कोभिड नियन्त्रणका लागि सङ्घीय सरकार र प्रदेश सरकार सहकार्य गरेर अगाडि बढ्नेबारे छलफल भएको हो ।

भेटमा गृहमन्त्री खाणले कोभिड–१९ नियन्त्रणका लागि प्रदेश २ मा पर्याप्त मात्रामा खोप उपलब्ध भए पनि प्रयोग नभएको भन्दै प्रदेश २ का जनतालाई खोप लगाउनका लागि प्रदेश सरकारले उत्प्रेरित गर्न मुख्यमन्त्री राउतसँग आग्रह गरेका थिए ।

गृहमन्त्री खाणले भेटमा सङ्घीय सरकार र प्रदेश सरकारको सम्बन्धलाई मजबुद गरी देश र जनताको पक्षमा काम गर्ने बताएका थिए ।
न्युज सेवा

  • Saptarangi Media
  • बुधबार, साउन २०, २०७८ १२:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।