राष्ट्रियसभा बैठक आज बानेश्वरमा बस्दै , यस्ता छन् सम्भावित कार्यसूची

  • Saptarangi Media
  • बुधबार, साउन २०, २०७८ १२:१३
राष्ट्रियसभा बैठक आज बानेश्वरमा बस्दै , यस्ता छन् सम्भावित कार्यसूची

२० साउन, काठमाडौं ।
संघीय संसद अन्तर्गतको राष्ट्रियसभा बैठक आज नयाँ बानेश्वरस्थित संसद भवनमा दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा विभिन्न प्रतिवेदन तथा विधेयक पेश हुने सम्भावित कार्यसूची रहेका छन् ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३०औँ वार्षिक प्रतिवेदन, २०७६/०७७ पेश गर्नेछन् भने आजै प्रधानमन्त्री देउवाको तर्फबाट विधायन ब्यवस्थापन समितिका २ वटा प्रतिवेदनसहित विधेयक पेश गरी पारित गरिनेछ । यस्तै उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले विद्युत विधेयक , २०७७  सभामा पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको तथ्याङ्क विधेयक, २०७६ माथि छलफल गरी पारित गरिनेछ । यस्तै ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६ माथि छलफल पारित गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

  • Saptarangi Media
  • बुधबार, साउन २०, २०७८ १२:१३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट