सानिमा लाइफ इन्स्योरेन्सले सर्वसाधरणको लागि आज, बुधबार (साउन २० गते) देखि प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको छ । कम्पनीले कुल जारी पूँजी २ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्काशनमा ल्याएको हो ।
त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत अर्थात ३ लाख कित्ता नै सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता शेयरमा सर्वसाधारणको लागि छुट्टाएको छ ।
कम्पनीको आइपीओमा छिटोमा साउन २४ गतेसम्म र त्यस अवधिमा पर्याप्त आवेदन नपेरमा भदौ २ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले आईपीओमा लगानी गर्न इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयरको वेब तथा एप मार्फत पनि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
– मेरो लगानी