१९ साउन, काठमाडौं ।
काठमाडौँमा कोरोनाविरुद्धको भेरोसेल दोस्रो मात्राको खोप साउन २२ गते देखि लगाईने भएको छ । पहिलो मात्रा खोप लगाई २१ दिन पुरा भएकाहरुले दोस्रो मात्राको खोप पाउने भएका छन् । स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्का अनुसार पहिलो मात्रा लगाएको २१ दिन पुरा भएकालाई काठमाडौंका सबै पालिकामा दोस्रो मात्रा खोप अभियान संचालन हुने छ ।
दोस्रो मात्रा खोप लगाउने नागरिकले अनिवार्य रुपमा विद्युतीय दर्ता नम्बर र पहिलो मात्रा लगाएको खोप कार्ड लिएर खोप केन्द्र पुग्नुपर्ने प्रमुख खड्काले जानकारी दिएका छन् ।