१९ साउन, काठमाडौं ।
नेपालको पर्यटकहरुको मुख्य गन्तव्य मानिने कास्की जिल्लामा कोरोना संक्रमण थप बढ्न थालेपछि साउन २७ गतेसम्म निषेधाज्ञा लम्ब्याइएको छ ।
कोरोना भाइरस संक्रमणको दर फेरि बढ्न थालेको कारण निषेधाज्ञा थप गरिएको हो । जिल्ला प्रशासन कार्यालयको अनुसार निषेधाज्ञा साउन २७ गते मध्यराति १२ बजेसम्मको लागि थप गरिएको हो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले पछिल्ला दिनमा कोरोना भाइरस संक्रमणको दर फेरि बढ्न थालेकाले निषेधाज्ञा कायम राख्ने निर्णय गरेको थियो ।