जिल्ला प्रशासन कार्यालय काठमाडौंले पछिल्लो समय भीडभाडजन्य क्रियाकलाप बढेको भन्दै यस्ता गतिविधि नगर्न आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले एक सूचना जारी गरी कोरोना संक्रमणको उच्च जोखिम रहेका बेला पनि विभिन्न गतिविधि भइरहेको भन्दै यसले संक्रमणदर अझै बढ्ने बताएको छ । यस्ता शभा सम्भेलन नगर्न आग्रह गरेको छ । पछिल्लो समय नेपालमा कोरोना बढ्दै गएकोले सभा, सम्मेलन, धर्ना, जुलुस, गोष्ठी, र्यालीजस्ता गतिविधी रोक्न सुचना जारी गरेको छ ।