प्रतिनिधिसभाको बैठक आज बस्दै , यस्तो छ सम्भावित कार्यसूची

  • Saptarangi Media
  • मङ्लबार, साउन १९, २०७८ १२:३९
प्रतिनिधिसभाको बैठक आज बस्दै , यस्तो छ सम्भावित कार्यसूची

१९ साउन,काठमाडौं ।
प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मुस्लिम आयोगको आर्थिक वर्ष २०७६÷०७७ वार्षिक प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची रहेको छ ।

यस्तै आज सभामुख अग्निप्रसाद सापकोटाले शोक प्रस्ताव प्रस्तुत गर्ने अर्को कार्यसूची पनि रहेको छ । तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टीबाट २०४८ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा दार्चुला जिल्ला क्षेत्र नं २ बाट निर्वाचित अकबरबहादुर सिंहको निधनमा शोक प्रस्ताव पारित गरिने संसद सचिवालयले जनाएको छ ।

  • Saptarangi Media
  • मङ्लबार, साउन १९, २०७८ १२:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।