साउन १९ ,काठमाडौँ ।
मेलम्चीमा शनिबारदेखि लगातार बाढी गहिरहेको छ । गएराती पनि बाढीका कारण ७ घर बगाएको छ ।
मेलम्ची–११ पिपलबोटका हरिशरण श्रेष्ठको घर सहितको ६ र पुरानो बजारको १ घर बगाएको स्थानीयवासी नेत्र खड्काले जानकारी दिएका हुन् । शनिबारदेखि मेलम्ची खोलामा आएको बाढीले हालसम्म ६७ घरटहरा बगाएको छ । हेलम्बुका किउल, चनौटे, ग्याल्थुमलगायत क्षेत्रमा मात्र ५५ र तालामाराङ र मेलम्चीमा १२ घरटहरा बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिएका छन् ।