काठमाडौं ।
अन्जिला फिल्मस् को प्रस्तुतीमा भिम पौडेल र अप्सरा खरेलको आवाजमा ‘पिपल समी’ बोलको गीत सार्वजनिक भएको छ ।
गीतमा युनिक भोजराज बि क को शब्द संगीत र बिनोद तामाङको थेगो रहेको छ। उक्त गीतमा लोक प्रिय गायक भिम पौडेल र मिठो स्वरकी धनी गायिका अप्सरा खरेलको स्वर रहेको छ । शिशिर डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई हेमन्त शिशिरले मिक्सिङ तथा मास्टरिङ र कृष्ण बि क (भान्जा) ले संगीत संयोजन गरेका हुन् ।
समिर थोकरको निर्देशन रहेको उक्त भिडियोमा सोम लामा , बिनोद तामाङ र जुना कार्कीको अभियनय देख्न सकिन्छ । बिपिन छेत्रीले छायांकन गरेको भिडियोलाई उत्तम कुमार कार्कीले सम्पाद , रङ्ग संयोजन गरेका हुन् । अन्जिला फिल्मस् को प्रस्तुती रहेको ‘ पिपल समी ’ म्यूजिक भिडियो Anjila Films Pvt.Ltd. अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना ।