साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। खरिदकर्ता र बिक्रीकर्ता बीचको चर्को मोलमोलाईका कारण यस दिन ३१०० विन्दुसम्म पुगेको नेप्से, अन्तिम समयमा अघिल्लो दिनको तुलनामा सामान्य अंक मात्र बढेर बन्द भएको छ ।
यस दिन खरिदकर्ताहरु धेरै मूल्य तिर्न तयार देखिएनन् भने बिक्रीकर्ताहरु सस्तो मूल्यमा शेयर छोड्न तयार भएनन् । जसका कारण यस दिन नेप्सेमा सामान्य उताचढाव भएको जानकारहरु बताउछन् ।
सोमबार नेप्से परिसूचक ४.०६ अंक बढेर ३०८५.०७ विन्दुमा पुगेको छ । त्यसैगरी यस दिन सेन्सेटिभ इण्डेक्स ०.३ अंक, फ्लोट इण्डेक्स ०.२३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१८ अंक बढेको छ । यस दिन २२६ कम्पनीको १ लाख ५ हजार पटकको कारोबारमा १० अर्ब ९८ करोड ३५ लाख ९९ हजार रुपैयाँ बराबरको २ करोड १८ लाख ९४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
कारोबार रकमका आधारमा यस दिन अरुण कावेली पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ३७ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी, युनिभर्सल पावर, फस्ट माइक्रोफाइनान्स र नागरिक लगानी कोषको कारोबार रकम ३० करोड नाघेको छ ।
– मेरो लगानी