काठमाडौं । नेपालीहरुको मन जित्न सफल , अत्यन्तै चर्चित गायक शिव परियारको आवाजमा ‘ धोकेबाज ’ बोलको गीत मेल भर्सनमा सार्वजनिक भएको छ । गायक परियारले यो अघिनै नेपाली संगीत क्षेत्रमा तहल्का मचाई सकेका छन् । उनले फेवातालैमा साइली , आशुको अर्थ , क्या दामी भो , आफ्नो जिन्दगि आफै लाई आदि जस्ता दर्जनौ गितहरुमा आवाज दिएका छन् ।
धोकेबाज गीतमा सब्द र संगीत कार्की जीको रहेको छ । उनले लगन गाठो , नाचौला आफ्नै आगनमा ,रुदा रुदै आदि जस्ता चर्चित गितहरुमा सब्द तथा संगीत रहेको छ । उनि संगीत क्षेत्रका निकै सफल र चर्चित संगीतकार हुन् । उनको सब्दले धोकेबाज गीतले धेरैको स्रोताहरुको मन जित्न सफल भएको छ ।
गीतमा जुनी भरिलाई रूहाई गयौ तिमी , धोकेबाज हौ तिमी भन्दै आफ्नो प्रेमिकालाई भनिएको छ । प्रेमिकाले छोडेपछि प्रेमी बिगतलाई सम्जिदै रोएका छन् । म्युजिक भिडियो मार्फत पराइको साथमा प्रेमिका गएपनि आफु भने यादमै भएको कुरालाई देखाउन खोजिएको छ ।
म्युजिक भिडियो लाई बिक्रम चौहान निर्देशन गरेका हुन् भने कथा पनि उनकै रहेको छ । उक्त म्युजिक भिडियोमा बिक्रम बुढाथोकी , अधिनायक मन शेरचन र स्मारिका ढकालको अभिनय रहेको छ । गितको संगीत संयोजन बिशाल निरौलाले गरेका हुन् , मिक्सिंग मास्टरिंगमा कुमार राना रहेका छन् । गीतको रेकर्डिङ स्टुडियो भने मारुनी डिजिटल रहेको छ । गीतका प्रोडुसर राम्कांत न्यौपाने रहेका छन् । त्येस्तै सम्पादन र कलरमा
मिलन बिश्वोकर्मा र ढुवानीमा नकुल कार्की रहेका छन् ।
गित अहिले एक नम्बर चर्चा मा आएको छ भने NAMASTE PLUSH अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।