छिन्नमस्ता मन्दिरबाट चोरेको चाँदीको मुकुटसहित एक पक्राउ

  • Saptarangi Media
  • सोमवार, साउन १८, २०७८ ११:१0
छिन्नमस्ता मन्दिरबाट चोरेको चाँदीको मुकुटसहित एक पक्राउ

१८ साउन काठमाडौ ।
प्रसिद्ध शक्तिपिठ सप्तरीको छिन्नमस्ता भगवतीको चोरी भएको मुकुटसहित एक जना पक्राउ परेका छन्।

विष्णुपुर गाउँपालिका वडा नम्बर ५ का राजेश मण्डललाई प्रहरीले पक्राउ गरेको छ। आइतबार साँझ करिब ७ बजे छिन्नमस्ता गाउँपालिकामा रहेको छिन्नमस्ता (शखरेश्वरी) भगवतीको चाँदीको मुकुट, नथिया र टीका चोरी भएको थियो। खोजतलास गर्ने क्रममा गाउँमा लुकेर बसेको अवस्थामा चोरी गरेको ७ सय ५० ग्राम २ आना चाँदीको मुकुट, २ आना सुनको नथिया र ३ आना सुनको टीकासहित मण्डललाई पक्राउ गरिएको सप्तरीका एसपी राजेन्द्रप्रसाद धमलाले बताए।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

  • Saptarangi Media
  • सोमवार, साउन १८, २०७८ ११:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।