१० दिन पछि सर्यो माओवादीको केन्द्रीय समिति बैठक

  • Saptarangi Media
  • आइतवार, साउन १७, २०७८ १६:१३
१० दिन पछि सर्यो माओवादीको केन्द्रीय समिति बैठक

१७ साउन, काठमाडौं ।
नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक साउन २० गतेलाई बोलाइएको थियो , अहिले बैठक ३० गतेलाई सारिएको छ । १० दिनपछि बैठक सरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका हुन् ।

त्यस्तै साउन ३० गतेभित्र देशभरका सबै वडामा कमिटी गठन गरेर त्यसको रिपोर्ट ल्याउन केन्द्रीय समिति सदस्यहरुलाई निर्देशन दिएको छ । त्यस्तै बैठकले गठबन्धनकका दलको कामलाई व्यवस्थित बनाउने र सरकार विस्तारको काम छिटै गर्ने निर्णय गरेको छ । पार्टी प्रवक्ता श्रेष्ठले स्थायी कमिटीको बैठक भोलि ३ बजे पुनः बस्ने बताए । भोलिको बैठकले मन्त्रिपरिषद विस्तार गर्न पार्टीको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको टुङ्गो लगाउने निर्णय भएको बताए । त्यसका लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धन दलका नेतासँग मन्त्रिपरिषद विस्तारका विषयमा छलफल गर्ने प्रवक्ता श्रेष्ठले बताए ।

  • Saptarangi Media
  • आइतवार, साउन १७, २०७८ १६:१३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।