१७ साउन, काठमाडौं ।
नेपालीहरुले धेरै नै रुचाएको रियालिटी शोव भ्वाइस अफ नेपाल सिजन ३ मा आगामी शनिबार ग्राण्ड फिनालेमा पुग्ने भएको छ । फिनालेको लागि फाइनलमा ४ जना भोटको आधारमा छनोट भएका छन् ।
टीम प्रमोदबाट सिक्किमका रवि गहतराज लाई हराउदै किरण गजमेर फाइनलमा प्रवेश गरेका हुन् , त्येस्तै टीम दीपबाट बुटबलका गोविन्द पुन लाई हराउदै दार्जलिङका आर्यन तामाङ फाइनल प्रवेश गरेका छन् । टीम राजुबाट काठमाडौका सोनाम शेर्पालाई हराउदै बाग्लुङकी तारा श्रीष मगर फाइनल प्रवेश गरेकी छिन् । टीम तृष्णाबाट अफ्रिता खड्गीलाई उछिन्दै ज्वाला राई फाइनलमा प्रवेश गरेका छन् ।
आगामी शनिबार हुने प्रतिस्पर्धामा को बन्छ होला त यो पटकको ” द भ्वाइस ” सबैको कौतुहलताको बिषय बनको छ ।