१७ साउन, काठमाडौं ।
चितवनको भरतपुर अस्पतालमा कोरोना संक्रमितहरुको संख्या बढ्न थालेको छ । असपतालमा कोभिड़का बिरामीलाई जम्मा ११० संख्या छुट्टयाइएको छ । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार शुक्रबार अस्पतालमा भर्ना हुने बिरामीको संख्या ११२ पुगेको थियो भने अहिले अस्पतालमा १०४ सङ्क्रमित रहेका छन् ।
अस्पतालमा ५८ जना सामान्य तथा मध्यम लक्षण भएका बिरामी रहेको छन् , २५ एचडीयूमा तथा २१ जना सघन उपचारकक्षमा उपचाररत छन् । अस्पतालमा २५ संख्या क्षमताको सघन उपचारकक्ष छ ।
मेडिकल सुपरिटेण्डेन्ट डा.कृष्णप्रसाद पौडेलले पछिल्लो समय स्वास्थ्य मापदण्ड पालनामा हेलचक्र्याइँ गर्दा सङ्क्रमित बढ्दै गएको बताए । उनले अस्पतालको बेड संख्या भरिएकाले थप बिरामी भर्ना गर्न नसकिने अवस्था रहेको जानकारी दिए । अस्पतालमा रहेका संख्या सङ्क्रमितले भरिएपछि संख्या थप गर्ने विषयमा छलफल शुरु भएको पौडेलले जानकारी दिनुभएको छ ।