१७ साउन, काठमाडौं ।
गत असार १ गते हेलम्बु , मेलम्ची र किउल जस्ता ठाउँहरु बाढीले बगरमा परिणत गरिसकेको छ । त्यतिबेला असर नगरेको मेलम्चीको रेडियो मेलम्ची भवन अहिले गएराती शनिबार १२ः४० बजेतिर आएको बाढीले भवन बगाएको छ । त्यतिमात्र नभएर चनौटेको रातो पुल पनि बगाएको छ ।
शनिबार राति आएको बाढीले रेडियोको भवन भत्काएपछि ठूलो क्षति भएको अध्यक्ष भारतीले बताएका हुन् । राति आएको बाढीले पुगको क्षतिको विस्तृत विवरण आउन बाँकी छ । मेलम्ची उर्लिरहेकाले थप क्षति हुनसक्ने भएकाले सचेत रहन प्रशासनले आग्रह गरेको छ ।