१७ साउन, काठमाडौं ।
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पेरिसडाँडामा बसिने भएको छ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकले सरकारमा सहभागी हुने व्यक्तिहरूको नाम टुंग्याउने तयारी गरेको छ ।
यसअतिरिक्त विकसित राजनीतिक घटनाक्रमबारे पनि बैठकमा छलफल हुने स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए ।