जब एकान्तमा हुन्छु मुटु भक्कानिन्छ
अनि यी दुई आँखाबाट आँसु
बनेर सोडियम क्लोराइड खस्छ।
सानू तिम्रो यादमा
तिम्रो माया यो मुटुमा गाँठो परी सक्यो
चन्द्रमामा रातको समयमा हेर्छु सानू
तिम्रै तस्बिर घुमिरहेको हुन्छ।
त्यो लक्षण तिम्रो यादको हो।
पागल जस्तै बनेर एक्लै बोल्छु
आँसुको भेल बग्ने गर्छन्
जब तिम्रो यादमा हुन्छु
अनि मुस्कुराईदिन्छु।
समयले हैन मलाई परिस्थितिले
हो सानु तिम्रो तस्बिर छुँदै
टाढा भएर तिम्रो यादमा
दिन बिताउनु परेको।
एक्लै हुँदा आकाशमा हेर्ने गर्छु
तिम्रो यादले होला सानू
त्यो मडारिरहेको बादलहरु भित्र पनि
तिम्रो अधर लुकेको पाउँछु।
कसैले मेरो नाम लिएर बोलाएको बेला
झस्किने गर्छु सानु तिमीले
बोलाएको हौ कि भनेर।
दुरीले टाढा भयौ अनि मुटुले नजिक
हरेकपल मानसपटलमा
घुम्ने अनि यादमा आउने
तिमी नै लाग्दै छ मलाई ठिक
मध्यरातमा झस्किन्छु सानू
तिम्रो यादमा
तस्बिर सँग मस्किन्छु सानू
तिम्रो यादमा
हरेक क्रियाकलाप हरु गर्दा
पनि आजभोलि बस् तिम्रो
यादमा गर्ने गरेको छु।
मेरो मानसपटलबाट
अनि मेरो यादबाट
तिमी कहिले
हट्ने छैनौ यादमा नै
लुकामारी खेलेर बस
टाढा ज्यान छ
अनि नजिक मन
यो कविता पनि सानू
लेख्दै छु तिम्रो यादमा।।
– रश्मित क्षेत्री