श्रीपेच लगाउने ठाउँमा हेल्मेट लगाउदा सुहाउँदैन पूर्व राजा शाहाका : समर्थक

  • Saptarangi Media
  • शनिबार, साउन १६, २०७८ १९:0४
श्रीपेच लगाउने ठाउँमा हेल्मेट लगाउदा सुहाउँदैन पूर्व राजा शाहाका : समर्थक

बारम्बार विवादमा पर्दै आएका र्वयुवराज पारस शाहको समर्थनमा राजावादीहरुले काठमाडौंको बिभिन्न सडकमा प्रदर्शन शुरु गरेका छन् । शुक्रबार साँझ चक्रपथको नारायणगोपाल चोकमा हेल्मेट नलगाई मोटरसाइकल चलाएको कारण पारसलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
प्रहरीले सम्झाई बुझाई गर्दासमेत औंला ठड्याउँदै तथानाम भनेका पारसलाई एक छिनपछि स्थानीय युवाहरुले छुटाएर घर पठाइदिएका थिए । त्यसै घटनालाई लिएर आक्रोशित राजावादीहरु विरोध प्रदर्शनमा उत्रिएका हुन् ।पारसलाई सोधपुछ गरेकोमा असन्तुष्ट रहेका उनीहरुले ट्राफिक प्रहरीविरुद्ध महाराजगञ्जस्थित भाटभटेनी अगाडि टायर बालेर विरोध जनाएका छन् । विरोध कार्यक्रम सम्पूर्ण राजावादी संगठनको आयोजनामा शाही शक्ति नेपालले गरेको हो ।
विरोध प्रदर्शनमा शाही शक्तिका अध्यक्ष मुनिन्द्रराज भण्डारी,सतिश राजावादी,सागर राजावादी,सुशील राजावादीलगायत ५०-६० जना सहभागी थिए । राजावादीहरुले श्रीपेच लगाउने शीरमा हेल्मेट सुहाउँदैन भन्दै विभिन्न ठाउँमा उनको समर्थनमा नारा,जुलुससमेत गरेका छन् ।

  • Saptarangi Media
  • शनिबार, साउन १६, २०७८ १९:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।