​मेगा बैंकको एकैदिन ६ वटा नयाँ शाखा विस्तार, थप १० वटा शाखाहरु विस्तारको क्रममा

  • Saptarangi Media
  • शुक्रबार, साउन १५, २०७८ १६:२0
​मेगा बैंकको एकैदिन ६ वटा नयाँ शाखा विस्तार, थप १० वटा शाखाहरु विस्तारको क्रममा

१५ साउन, काठमाडौं ।
मेगा बैंक नेपाल लिमिटेडले शुक्रबार एकैदिन ६ वटा नयाँ शाखा विस्तार गरेको छ । बैंकले प्रदेश नम्बर १ मा १, वागमती प्रदेशमा ३, लुम्बिनी प्रदेशमा १ र सुदूरपश्चिम प्रदेशमा १ गरी जम्मा ६ वटा नयाँ शाखाहरु विस्तार गरेको हो ।

प्रदेश नम्बर १ मा सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर १६ स्थित लविपुरमा बैंकले नयाँ शाखा खोलेको छ । वागमती प्रदेशमा नुवाकोटको विदुर नगरपालिका वडा नम्बर २ बट्टारमा, चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ७ विकास चोकमा र सोही महानगरपालिकाको वडा नम्बर १० भरतपुर हाइटमा पनि बैंकले नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ ।

त्यसैगरी लुम्बिनी प्रदेश बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ कारकाँदोमा र सुदूरपश्चिम प्रदेशमा कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १ एलएन चोकमा पनि नयाँ शाखा विस्तार गरेको बैंकले जनाएको छ । यी शाखाहरुबाट बैंकिङ्ग कारोबारको प्रारम्भ शुक्रबारबाटै भएको बैंकका प्रमुख सूचना अधिकारी तुलसीराम पोखरेलले जानकारी दिए ।

न्युज सेवा

  • Saptarangi Media
  • शुक्रबार, साउन १५, २०७८ १६:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।