सरकारले तोकेको भन्दा बढी शुल्क उठाउँदै, काठमाडौं विश्वविद्यालय, मेडिकल क्षेत्र

  • Saptarangi Media
  • शुक्रबार, साउन १५, २०७८ १५:३६
सरकारले तोकेको भन्दा बढी शुल्क उठाउँदै, काठमाडौं विश्वविद्यालय, मेडिकल क्षेत्र

काठमाडौं विश्वविद्यालय बाट सम्बन्धन लिएका मेडिकल कलेजहरूले चिकित्सा शिक्षा आयोगले तोकेभन्दा बढी शुल्क विद्यार्थीबाट असुलेका छन् । मेडिकल कलेजहरूले एमबीबीएस पहिलो वर्षमा अध्ययनरत विद्यार्थीसँग परीक्षा शुल्कका नाममा १० हजार रुपैयाँका दरले अतिरिक्त शुल्क उठाएका हुन् । थप शुल्क नबुझाए परीक्षामा बस्न नदिने धम्की दिने गरिएको विद्यार्थीले गुनासो गरेका छन् ।काठमाडौं जोरपाटीस्थित नेपाल मेडिकल कलेज, सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज, देवदह मेडिकल कलेज रूपन्देही र लुम्बिनी मेडिकल कलेज पाल्पाले अतिरिक्त शुल्क उठाएको बिल कान्तिपुरले प्राप्त गरेको छ । नेपाल मेडिकल कलेजका विद्यार्थीले बढी शुल्क लिएको विषयमा चिकित्सा शिक्षा आयोगमा समेत उजुरी दिएका छन् ।चिकित्सा शिक्षा ऐनमा परीक्षा शुल्क पनि एकमुष्ट शिक्षण शुल्कभित्रै समावेश हुने उल्लेख छ ।आयोगका सदस्यसचिव डिल्लीराम लुइँटेलले शिक्षण शुल्कभन्दा बढी शुल्क नलिई आवेदन फाराम भर्न निर्देशन दिएको जानकारी दिए । ‘विद्यार्थी गुनासो लिएर आएका थिए, बढी शुल्क नलिनू भनेर निर्देशन गरेका छौं,’ उनले भने ।
राष्ट्रिय सतर्कता केन्द्रले गरेको छानबिनमा मेडिकल कलेजहरूले २०७४ पछिका ४ शैक्षिक सत्रमा ३ अर्बभन्दा बढी अतिरिक्त शुल्क उठाएको भेटिएको थियो । नोबेल मेडिकल कलेजले ३५ करोड ४७ लाख, काठमाडौं मेडिकल कलेजले २७ करोड ८१ लाख, नेसनल मेडिकल कलेजले ३२ करोड ५५ लाख र लुम्बिनी मेडिकल कलेजले ३२ करोड ९६ लाख बढी पैसा लिएको प्रतिवेदनमा छ । सबैभन्दा बढी गण्डकी मेडिकल कलेजले ४३ करोड ४ लाख ९० हजार रुपैयाँ उठाएको छ । युनिभर्सल कलेज अफ मेडिकल साइन्स भैरहवाले ३२ करोड ७२ लाख, नेपालगन्ज मेडिकल कलेजले २१ करोड ९१ लाख, ललितपुरको किस्ट मेडिकल कलेजले ५ करोड ९९ लाख, देवदह मेडिकल कलेजले ३ करोड ८९ लाख ९४ हजार, मणिपाल कलेज अफ मेडिकल साइन्सेज पोखराले १० करोड ९ लाख, विराट मेडिकल कलेज विराटनगरले १९ करोड ९ लाख, कलेज अफ मेडिकल साइन्स भरतपुरले १० करोड ६१ लाख ठगी गरेको केन्द्रको ठहर छ ।

  • Saptarangi Media
  • शुक्रबार, साउन १५, २०७८ १५:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।