ओलीले गरेनन् भन्ने दिन सकिए, काँग्रेस नेता, (गगन थापा)

  • Saptarangi Media
  • शुक्रबार, साउन १५, २०७८ १५:0७
ओलीले गरेनन् भन्ने दिन सकिए, काँग्रेस नेता, (गगन थापा)

सत्तारुढ नेपाली काँग्रेसका नेता गगन थापाले वर्तमान सरकारलाई गल्ती छुट नभएको बताएका छन् । अब केपी ओलीको आलोचना गर्ने दिन सकिएको थापाले बताएका छन् । वीपी कोइराला प्रतिष्ठान, खाँडदेवी गाउँपालिकाले शुक्रबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले केपी ओलीले यो गरेन र त्यो गरेन भन्ने दिन सकिएको बताए । अब काँग्रेस नेतृत्वको सरकारले अभावमा रहेका नागरिकलाई सरकार कस्तो हुन्छ भन्ने कुराको महसुस गराउने गरी काम गर्नुपर्ने थापाले बताए । उनले भने ‘कुनै पनि ‘एक्सक्युज’ यो सरकारले पाउने छैन । एक ठाउँमा पनि सरकार चुक्न पाउने छैन । केपी ओलीले यो गरेनन्, त्यो गरेनन् भन्ने दिन अब गए ।’ओली नेतृत्वको सरकारले गएको साढे ३ वर्षमा संविधानको आधार नै भत्काउने काम गरेको बताउँदै अब वर्तमान सरकारले देशलाई थितिमा ल्याउने काम गर्नुपर्ने थापाको जोढ दिए । ।

  • Saptarangi Media
  • शुक्रबार, साउन १५, २०७८ १५:0७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?