काँग्रेसको महाधिवेशन सार्न नपाइने थापाले पार्टी नेतृत्वलाई चेतावनी दिएका छन् ।
अब काँग्रेस नेतृत्वको सरकारले अभावमा रहेका नागरिकलाई सरकार कस्तो हुन्छ भन्ने कुराको महसुस गराउने गरी काम गर्नुपर्ने थापाले बताए । उनले भने ‘कुनै पनि ‘एक्सक्युज’ यो सरकारले पाउने छैन । एक ठाउँमा पनि सरकार चुक्न पाउने छैन ।थापाले सरकारलाई सफल बनाउन सिंगो पार्टीले सहयोग गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए । फरक प्रसंगमा उनले पार्टीको आसन्न १४ औं महाधिवेशनको मिति तलमाथि नगर्न पार्टी नेतृत्वलाई दवाव समेत दिए । नेता थापाले भने, ‘संविधानको सो व्यवस्थाअनुसार अव महाधिवेशनको मिति पछि सार्न मिल्दैन । संविधानले किटान गरेको व्यवस्था काँग्रेस जस्तो लोकतान्त्रिक पार्टीले उल्लंघन गर्न मिल्दैन ।’
फरक प्रसङ्गमा उनले पार्टीको आसन्न १४ औँ महाधिवेशनको मिति तलमाथि नगर्न पार्टी नेतृत्वलाई दबाब दिए । थापाले भने ‘पार्टीको महाधिवेशनको तिथि मिति धेरै तलमाथि गर्न पाइँदैन । संविधानको सो व्यवस्थाअनुसार अब महाधिवेशनको मिति पछि सार्न मिल्दैन । संविधानले किटान गरेको व्यवस्था काँग्रेसजस्तो लोकतान्त्रिक पार्टीले उलङ्घन गर्न मिल्दैन ।’
काँग्रेस नेता थापाले पार्टीको क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधान गर्ने थलो पार्टीको पदाधिकारी र पूर्वपदाधिकारी बैठक नभएको बताए । पार्टीको विधानले केन्द्रीय कार्य समितिबाट विवाद समाधान गर्नुपर्ने व्यवस्था भए पनि पार्टी नेतृत्व विधान अनुसार चल्न नसकेको आरोप लगाए ।