१५ साउन, काठमाडौं ।
नेकपा एमालेको केपी ओली समूहको आज पार्टी कार्यालय थापाथलीमा खीर खाने कार्यक्रमा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई भने निम्ता नगरिएको नेपालले बताउनु भएको छ । साउन १५ गतेको अवसर पारेर राखिएको खीर खाने कार्यक्रमको बारे जानकारी नभएको नेपालले बताउनु भएको छ ।
एमालेको कार्यालय सचिव शेरबहादुर तामाङले पार्टीका सबै नेताहरुलाई खीर खान निम्तो गरेको बताएपनि नेपाल पक्षले भने अहिलेसम्म निम्तो नआएको जनाएको छ । एमालेको नेपाल पक्ष नेता रघुजी पन्तले अहिलेसम्म यसबारे कुनै जानकारी नभएको र निम्तो पनि नआएको बताए । उनले आफू घरमा आराम गरेर बसिरहेको र पार्टी कार्यालयमा के हुँदैछ त्यसबारे अनभिज्ञ रहेको बताए ।