अहिले बलिउड अभिनेत्री शिल्पा शेट्टी पोर्न फिल्मको निर्माणको कारण उनि र उनका पति राज कुन्द्रा पोर्न फिल्म निर्माणका कारण विवाद परिरहेका छन् । केही समय अघि पोर्न फिल्मको निर्माण र केही एपमार्फत प्रसारण गरेको मामलामा अभिनेत्री शिल्पा शेट्टी पक्राउ परि सकेकी छिन् भने व्यापारी पति राज कुन्द्रा यही कारण अझ संकटमा फस्दै गएका छन् । प्रहरीले उनीविरुद्धको एक–एक प्रमाण दिनानुदिन फेला पार्दै आएको छ ।
शिल्पा समस्यामा पर्दा उनलाई मानसिक रुपमा कोही बलिउडकर्मी सहयोग गर्न अगाडि आएका छैनन् । शिल्पा पछिल्लो ३० वर्षदेखि बलिउडको हिस्सा छिन् र उनलाई बलिउडका धेरैले एक असल साथीका रुपमा मान्छन् । शिल्पा निकट स्रोतका अनुसार उनका साथी भनिएका बलिउडकर्मीहरु अहिले उनीबाट टाढिएका छन् । बलिउडका कुन कुन व्यक्तिहरुसँग उनको राम्रो सम्बन्ध छ भन्ने कुरा उनको सामाजिक सञ्जाल हेर्दा पनि थाहा हुन्छ । अहिले कसैले पनि उनको अवस्था जान्ने, बुझ्ने र उनका सन्तानका बारेमा चिन्ता व्यक्त गरेका छैनन् ।
‘यो पोर्नोग्राफी अथवा अश्लील कन्टेन्टको मुद्धा निकै तल्लोस्तरको विषय हो । यो कुनै नियमित विवाद जस्तो पनि हैन । त्यहीकारण कोही पनि यो मुद्धामा फस्न चाहँदैन’, एक फिल्मकर्मीले भनेका छन् ।