१५ साउन, काठमाडौं ।
कालीगण्डकी नदीमा पौडी खेल्न गएका ४ बालक मध्ये २ बालक बेपत्ता भएका छन्। बेपत्ता हुनेमा बागलुङ नगरपालिका–४ उपल्लाचौर बस्ने हरिबहादुर विकका १३ वर्षीय छोरा अभिषेक विक र सोही स्थानका १३ वर्षीय यमबहादुर पुन बेपत्ता भएका हुन् ।
करिब १ः०० बजेको समयतिर पौडी खेल्न गएका चार जना बालक मध्ये अन्य दुई जना प्रश्न विक र विशन पुन भने सम्पर्कमा आएको कुरा प्रनाउ हवारीले बताए हुन् । बेपत्ता दुई बालकको खोजी जारी रहेको प्रहरीले जनाएको छ । खोजी कार्यमा विपद् व्यवस्थापन गुल्म बागलुङ परिचालन गरिएको छ ।