‘समयमै खोप लगाउन सकिने छैन र मापदण्ड पालना गरिएन भने तेस्रो लहर आउँने झन खतरा’

  • Saptarangi Media
  • शुक्रबार, साउन १५, २०७८ १४:0७
‘समयमै खोप लगाउन सकिने छैन र मापदण्ड पालना गरिएन भने तेस्रो लहर आउँने  झन खतरा’

पूर्ववर्ती ओली सरकारका पालामा कारोना महामारी बारेमा जति चर्चा हुने गथ्र्यो, अहिले त्यति चर्चा छैन । तरअहिले कोरोना रोकथाममा भन्दा सरकारैकै खेलवाड भइरहेको छ । कोरोना रोकथाममा खेलेको भूमिकालाई लिएर सरकारको बढी राजनितिककै जोड घटाउ चलिरहेको देखिन्छ । संक्रमण दिनहुँ बढिरहँदा सरकार त्यसमा कुनै चासो देखिएको छैन । आज अपरान बस्नलागेको सीसीएमसिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा सिंहदरबारमा डाकिएको छ ।
कोरोना सङ्क्रमितको सङ्ख्या पछिल्ला दिनहरूमा घट्नुको साटो झन् झन् बढ्दै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले फेरि तेस्रो लहरको आउन सक्ने प्रक्षेपण गरेको छ । यसबाट आगामी पाँच महिनामा १ लाख ९३ हजार ८ सय ५६ नयाँ सङ्क्रमित थपिने सरकारको अनुमान छ । सङ्क्रमण उच्च बिन्दुमा पुग्दा सङ्क्रमितको उपचार सहज र व्यवस्थित गर्नका लागि अध्यादेशमार्फत सरकारले वीर अस्पताललाई कोभिड—१९ युनिफाइड केन्द्रीय अस्पताल बनाएको छ । अब कोभिड—१९ युनिफाइड केन्द्रीय अस्पतालले भावी दिनमा आउन सक्ने तेस्रो लहरसँग जुध्नका लागि तयारी के–के गरेको छ । प्रदेशिक कोभिड—१९ युनिफाइड अस्पतालको व्यवस्था कहिले हुन्छ । कोभिड बिरामी उपचारका लागि स्वास्थ्य सामग्री खरिद सम्बन्धमा अस्पताल किन विवादमा तानियो । अस्पतालको वर्तमान अवस्था र भावी योजना कस्तो छ । सरकारको प्रक्षेपणमा झण्डै २ लाख व्यक्ति सङ्क्रमित हुन सक्छन् भन्ने छ । यो अनुमान असत्य साबित होस् । राम्रोसँग जनस्वास्थ्यका मापदण्ड पालना गरेमा सरकारले अनुमान गरेको भन्दा कम पनि सङ्क्रमित हुन सक्छन् । कोरोना खोप नियमित सञ्चालन हुँदै गएमा सङ्क्रमित त्यति धेरै नपुग्न सक्छ । यद्यपि कोरोना खोप समयमै लगाउन सकिएन, जनस्वास्थ्यका मापदण्ड पालना पनि भएन भने तेस्रो लहर आउँछ ।
पहिलो लहर आउँदा कोभिड उपचार, नियन्त्रण व्यवस्थापन नेपालले राम्रोसँग गरेको थियो । तर दोस्रो लहरमा पहिलो लहरमा जस्तो राम्रो व्यवस्थापन गर्न सकिएन । कति बिरामीले अक्सिजन पनि राम्रोसँग पाएनन् । बेडमा भर्ना हुनेले पनि बेड पाउन गाह्रो भयो । दोस्रो लहरबाट पाठ सिकेर तेस्रो लहरका लागि सरकारले तयारी गरेको देखिदेन ।
पलिेको सरकारले धेरै मान्छेलाई आइसोलेसनमा राख्नका लागि सरकारले नेपाली सेनालाई जिम्मा दिएको छ । भारतीय सीमा क्षेत्रमा एक–एक हजारको क्षमताको होल्डिङ सेन्टर बनाउने काम भइरहेको छ ।
कोरोना सङ्क्रमित बिरामी राख्न का लागि अहिले निजी अस्पतालहरूलाई स्वीकृति दिइएको छैन । सङ्क्रमितको उपचार गर्ने अवस्था आएको खण्डमा निजी अस्पतालहरूलाई स्वीकृति पाउँछन् । सरकारी अस्पतालको पनि क्षमता थपिएको छ ।
पुर्व प्रधानमन्त्री के पि ओलीले गत चैत महिनामै वीर अस्पतालको नयाँ भवन लाई कोभिड–१९ अस्पताल, घोषण गरसिकेका छन् । कोभिड–१९ अस्पताल पाँच सय जना पुरानो भवनमा चार सय जना र जरुरी परेको खण्डमा ट्रमा सेन्टरमा दुई सय गरी ११ सय बिरामी राख्न सक्ने गरी तयारी गरेका छौँ । बेडका आधारमा मिलाएर आईसीयू एचडीयू व्यवस्थापन गरेका छौँ । हालमा सय बेड आईसीयू, सय बेड एचडीयू राखेका छौँ ।

तर, दुई सय बेड आईसीयू नै सञ्चालन गर्ने गरी अहिले उपकरण जडान गरिरहेका छौँ । भेन्टिलेटर, बेड, मोनिटर आदि जस्ता कुरा दुई सय बेडलाई नै पुग्नेगरी व्यवस्थापन गरिरहेका छौँ । नयाँ दरबन्दी थप हुँदै छ । वीर सबैभन्दा धेरै जनशक्ति, बेड र विशेषज्ञ सेवा प्रदान गर्ने अस्पताल हुन्छ ।

तेस्रो लहरमा बालबालिका प्रभावित हुन सक्छन् भनेर सरकारले आकलन गरेको छ । बालबालिकाको उपचारका लागि जनशक्ति र पूर्वाधारहरूको व्यवस्थापन तयारी कस्तो छ ।
बालबालिकाहरू बढी सङ्क्रमित हुन्छन् भन्ने वैज्ञानिक आधार विषलेयाण गरिएको छ । विश्व स्वास्थ्य सङ्गठन वा भविष्यवाणी गर्ने संस्थाहरूले त्यस्तो भनेका छैनन् । तर, हामीले बालबालिका बढी प्रभावित होलान् भन्नुको कारण पहिलेको दाँजोमा बढी हुन सक्छन् भनेर आंकलन गरेका छौं । किन यस्तो आकलन गरिएको हो भने अहिलेसम्म बच्चालाई खोप लगाइएको छैन । १२ वर्षमाथिका बच्चाहरू लागि पनि खोप परीक्षण भइसकेको छ । बालबालिकाले पनि खोप लगाउन मिल्ने भएको छ । तर, हामी अहिलेसम्म लगाउन सुरु गरेको छैनौँ । त्यसकारण बच्चाहरू बढी सङ्क्रमित हुन सक्छन् भन्ने अनुमान लगाएका हौँ । अर्को कुरा बच्चाले सही तरिकाले मास्कको प्रयोग गर्न सक्दैनन् । सामाजिक दूरी कायम गर्नै सक्दैनन् । अपाङ्ग तथा फरक क्षमता भएकाको त समस्या छँदैछ । त्यसैले बच्चामा अलि बढी सङ्क्रमण हुन सक्छ । बच्चाहरू पनि सङ्क्रमित भए भने उनीहरूलाई व्यवस्थापन गर्न सक्छौँ । अन्य जनरल अस्पतालमा सङ्क्रमित बच्चालाई उपचार गर्न समस्या हुन्छ । अहिले बच्चाहरूको व्यवस्थापन गर्ने काठमाडौँको हकमा कान्ति बाल अस्पतालकै हो । अन्य मेडिकल कलेजको हकमा पनि सम्भव छ । तर भोलि चाहिँ अरू अस्पतालले भार थाप्न सकेन भने कोभिड–१९ युनिफाइड वीर अस्पतालमा बच्चाहरू राख्छौँ । आईसीयू बेड, भेन्टिलेटरहरू बच्चालाई उपचार गर्न मिल्ने गरी व्यवस्थापन गरेका छौँ ।
कोभिड–१९ युनिफाइड अस्पतालमा झण्डै १५० वटा भेन्टिलेटर छन् । करिब २० प्रतिशत भेन्टिलेटर बालबालिकाको उपचार गर्ने मिल्ने गरी व्यवस्थापन गरेका छौँ । उपचारका लागि प्याड्रिएटिकहरूको खाँचो पर्छ । त्यसका लागि स्वास्थ्य मन्त्रालयसँग छलफल गरिरहेका छौँ । आवश्यकताका आधारमा कान्ति अस्पतालबाट ल्याएर बच्चाहरूको उपचार गराउने तयारी गरिरहेका छौँ । यसको अलवा स्वास्थ्य मन्त्रालयले देशका अस्पताल जति पनि भेन्टिलेटरको व्यवस्थापन गरेको छ तीमध्ये २० प्रतिशत बच्चालाई उपचार गर्ने गरी व्यवस्थापन गर्ने निर्देशनसमेत दिइएको छ ।
केन्द्रमा कोभिड—१९ युनिफाइड अस्पताल भएझैँ प्रदेश तहमा प्रदेश युनिफाइड अस्पतालको विस्तारको तयारी कहाँ पुगेको छ । कोभिड–१९ युनिफाइड अस्पताल सञ्चालनसम्बन्धी अध्यादेश आएको छ । त्यसअनुसार प्रदेश स्तरमा पनि सातवटा प्रादेशिक युनिफाइड अस्पताल सञ्चालन हुन्छ । प्रदेशिक अस्पतालमा र यहाँ स्वास्थ्य उपकरण, जनशक्ति कति छ, कति बिरामीको उपचार गर्न सकिन्छ भनेर विश्व स्वास्थ्य सङ्गठनको नेपालस्थित कार्यालयले अध्ययन गरिरहेको छ । डब्लूएचओले गरेको अध्ययनका आधार ती अस्पताललाई चाहिने मेसिनरी स्वास्थ्य उपकरणहरू, जनशक्ति कति छन् भन्ने बारे पत्ता लगाउने काम गरिरहेका छौँ । सेती अस्पताल, कर्णाली प्रदेशिक अस्पताल, भेरी अस्पताल, भरतपुर अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रष्ठिान, नारायणी अस्पताल र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रष्ठिान गरेर कोभिड—१९ युनिफाइड अस्पताल छिट्टै घोषणा गर्दैछौँ । औपचारिक रूपमा छलफल भइरहेको छ । यी सातवटा अस्पतालका सुविधालाई बढाउनुपर्छ । अब स्वास्थ्य मन्त्रालयको समन्वयमा प्रदेशिक अस्पताल तोक्नेछौँ । अहिले तोकिएको छैन । वीर अस्पताललाई कोभिड उपचारका लागि स्वास्थ्य सामग्री खरिद गर्न बजेट छुट्याएको थियो तर उपकरण खरिद गर्न नसकेको भन्ने छ । के ४० करोड रुपियाँ बजेट फ्रिज भएको हो । स्वास्थ्य उपकरण खरिदका लागि विनियोजन गरिएको बजेट सबै खर्च भएको छैन । यो आर्थिक वर्षको अन्यमा केही फ्रिज हुने थियो । तर त्यसका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले साउन र भदौ महिनामा खर्च गर्ने गरी व्यवस्थापन गरेको छ । ६ महिनाका लागि स्वास्थ्य उपकरणका खरिद गर्न दिएको पहिला फ्रिज भएको पैसा सोमबार मात्रै पुनः मन्त्रालयले फर्काउने भएको छ । त्यस रकमबाट अस्पतालहरूलाई अपडेट गर्छौं । यी अस्पतालसँग समन्वय गरेर कल सेन्टर सञ्चालन गर्छौं । यस्तै रिफरको व्यवस्थापन गर्छौं । कुनै बिरामी महामारी अस्पतालमा आयो तर त्यहाँ बेड पाएन भने उसलाई अस्पताल पठाउँछौँ । उपचारका लागि प्रदेशिक अस्पतालमा सम्भव भएन भने काठमाडौँ ल्याउने र काठमाडौँभित्रका १३ वटा अस्पतालहरूमा उपचारको व्यवस्था गर्छौं । ती १३ वटा कुन अस्पताल कुन हुन् भनेर फाइनल हुने बेला भएको छ । त्यसपछि कुन अस्पताल लाने भनेर अस्पताल नै रिफर गर्छौं । काठमाडौँ आएपछि बिरामी ठीक भएपछि फेरि अस्पतालकै सेवा चाहियो भने फेरि प्रदेश स्तरमा पठाएर उपचार गर्ने व्यवस्थासमेत मिलाउँछौँ । यी प्रदेशिक युनिफाइड अस्पतालहरूले त्योभन्दा तलका अस्पतालहरूसँग समन्वय गर्नेछन् ।
वीर अस्पतालमा गएको वर्ष ४० करोडको स्वास्थ्य सामग्री खरिद गर्नुपर्ने थियो । म अस्पतालमा आउँदा दुई करोड मात्रै सामान खरिद भएको थियो । जति खरिद गरिएको थियो अघिल्लो वर्षको टेन्डरका आधारमा सामान ल्याएर कामचलाउ गरिएको थियो । डा. जागेश्वर गौतम काम गर्न आएको हो, तलब खाएर हात बाँधेर बस्ने मान्छे होइन । ५० हजार तलबका लागि वीर अस्पतालमा आएर जागिर खानुपर्ने अवस्था छैन । मेरो कार्य इतिहास हेर्नुभयो भने निजी अस्पतालमा १५ सय मान्छेलाई तलब ख्वाएर संस्था चलाएर आएको मान्छे हुँ ।
म प्रसूति गृहमा हुँदाको कार्यको बारेमा रेकर्ड हेर्न सक्नुहुन्छ । काम गर्छ भनेर नै सरकारले मलाई पठाएको हो । म आउँदा खरिदको काम ठप्प जस्तै थियो । अहिले अस्पतालमा १५० वटा भेन्टिलेटर छ । नकिनीकन कहाँबाट आउँछ । डोनेसनमै स्वास्थ्य सामग्री आउँछ भनेर चुप लागेर बस्ने । एउटा भेन्टिलेटर, मोनिटर किन्न नसक्ने, एउटा बेड पनि किन्न नसक्नेलाई प्रशासकीय अधिकारी बनाएर पठाएर त भएन सरकाले । यसैले काम छ भनेर नै पठायो ।
तपाईंले स्वास्थ्य सामग्री खरिद गर्ने क्रममा नजिकका मान्छेलाई टेन्डर दिनुभयो भन्ने आरोप लगाएका छन् नि भन्दा ।
स्वास्थ्य सामग्री खरिद नै नगरेपछि कसरी विवाद हुन्छ । खरिद गरेपछि विवाद सिर्जना भयो । हाल स्वास्थ्य सामग्री खरिद गरिएकोमा तीनथरि मानिसले विवाद सिर्जना गरेका हुन् । एकथरि मन्छेहरू पहिलेदेखि नै पूर्वाग्रही छन् । चितवन मेडिकल कलेजमा हुँदादेखि नै पूर्वाग्रही छन् । तिनीहरूबारे मलाई केही भन्नु छैन ।
अर्काथरि यही वीर अस्पतालमा काम चोरेर ठगेर बसेका मान्छे काम हुने भयो भनेर डराइरहेका छन् । काम गरेपछि वीर अस्पताल अलि अगाडि आउँछ । यसबारेमा धेरै मान्छेलाई चिन्ता भएपछि मिडियाबाजी गर्न पनि भ्याए । विवादमा तान्ने केहीकेही पत्रकारलाई ठूला निजी अस्पतालहरूले पालेका छन् । यो वीर अस्पतालमा डेढ, दुई आईसीयू चलायो भने कतिपय निजी अस्पताल बन्द हुने अवस्थामा छन् । ती मान्छे सबैभन्दा बढी नेगेटिभ भएर लागेका छन् ।
निदाएको मान्छेलाई ब्युँझाउँन सकिन्छ तर निदाएजस्तो गर्नेलाई ब्युँझाउन सकिन्न । डा। जागेश्वर गौतम प्रमुख प्रशासकीय अधिकारी भएपछि सरसामान जोड्यो । जोड गरेर आवश्यक सामग्री खरिद गर्दा एक महिनामा जम्मा २० करोड स्वास्थ्य सामग्री खरिद गरियो । २० लाख रुपैयाँ फ्रिज भयो । तीन महिनाअगाडि यहाँ आएको भए सबै पैसाको सामान किन्न सक्थेँ ।
अहिले दुई सय बेड आईसीयूका लागि पूरै सामान छ । वीरमा इन्डोस्कोपी मेसिन नभएर ट्रमा सेन्टरबाट ल्याएर काम चलाइएको रहेछ । इन्डोस्कोपी बिग्रिएको ६, ७ महिना भएको रहेछ । किन्नु पर्दैन । आउने बित्तिकै इन्डोस्कोपी मेसिन अस्पतालले खरिद गर्यो । एउटा मात्र इन्डोस्कोपीले वीरलाई पुग्दैन ।
वीर अस्पतालमा इन्डोस्कोपी एउटा होइन १२ वटा चाहिन्छन् । किनभने १२ जनालाई इन्डोस्कोपी गरेर १३ औँको पालोमा राम्रोसँग सफा गरेर अर्कोको मुखमा राख्नुपर्छ । एउटा इन्डोस्कोपी राख्ने धोई पखाली गरी छिटोछिटो पुनः अर्कोको मुखमा राख्दा रोग सर्न सक्छ, त्यो इथिकल होइन ।
अल्ट्रासाउन्ड चारवटा रहेछन् । यहाँ १२ वटा अल्ट्रासाउन्ड चाहिन्छन् । ४ वटा अल्ट्रासाउन्डले मात्र बिरामीलाई हेरेर बाँकी बिरामीलाई बाहिर पठाउने धेरैवटा अल्ट्रासाउन्ड ल्याएर वीरमा आएका जतिको यहीँबाट उपचार हुनुपर्छ । आज गरेको सिटिस्क्यान, एमआरआईको रिपोर्ट कमसेकम भोलि पाऊन् । वीरमा उपचार गराउन आएर बाहिर अल्ट्रासाउन्ड, इन्डोस्कोपी गर्न जाँदा सामाचार नबन्ने तर सामान ल्याएर उपचार गराउँदा गाह्रो पर्ने । यो सुनियोजित हो । काम गरेको छैन भने मलाई किन पालेर राख्ने यो ढङ्गबाट नचाहिँदो कुरा गरिएको हो ।
यदि मैले गलत काम गरेको भए नियमनकारी निकायहरू पनि छन्, तिनीहरूले हेर्नुपयो । सामान खरिद गर्नुभन्दा अघि छलफल हुन्छ । अस्पतालका विशेषज्ञहरूको टिमले आवश्यकताका आधारमा स्वास्थ्य सामग्री माग गर्छन् । त्यही आधारमा स्वास्थ्य उपकरणको लागि ई–टेन्डर हुन्छ ।
ई–टेन्डर कसले कति राख्यो भन्ने थाहा हुँदैन । ई–टेन्डर गरेर टेन्डरको समय सकिइसकेपछि जसले कम मूल्यमा खरिद गर्छ उसले नै टेन्डर पाएको छ । अब त्यो टेन्डर गर्ने मान्छे जागेश्वर गौतमको मान्छे भनेर हल्ला गर्ने रु मलाई धेरै मान्छेले चिन्छन् । मैले पनि धेरै मान्छेलाई चिन्छु । मलाई चिनेको वा मैले चिनेको मान्छे पा¥यो, टेन्डर गर्दा सबैभन्दा कम मूल्यमा सामान दिन सक्छ भने मैले चिनेको मान्छे भनेर टेन्डर नदिने । पहिले चाहेर पनि आवश्यकताका आधारमा छुट्याइएको बजेटले स्वास्थ्य सामग्री ल्याउन सकिएन । अहिले सामान खरिद गरेपछि नचाहिने हल्ला गर्ने ।
यदि तेस्रो लहरमा सङ्क्रमित सङ्ख्या बढेमा यस अस्पतालले नन्कोभिड बिरामीको व्यवस्थापन कसरी गर्छ ।
१५ दिन अगाडिदेखि नै भन्दै आइरहेको छु, जब कोभिड बिरामीको सङ्ख्या घटेपछि काठमाडौँका सबै अस्पतालका बिरामीको सङ्ख्या जोड्दा पनि कोभिड—१९ युनिफाइड अस्पतालका बेड आजको दिनसम्ममा नभरिने बिरामी छन् । कुनै अस्पतालमा १०, कुनैमा ७ कुनै अस्पताल १५ जना सङ्क्रमित छन् । यो अस्पतालले के चाहेका छ भने बिरामी त्यसरी नराखौँ । यस अस्पतालमा सङ्क्रमित बिरामीलाई पठाइदिनुस् भनेका छौँ । आजभन्दा सात दिनअगाडि ७५÷७६ बिरामी थिए । आजका दिनसम्म सय जना छन् । तत्काल ५ सय जना सङ्क्रमित बिरामीको उपचार सहज रूपमा उपचार गर्न सक्छौँ । अन्य सरकारी तथा निजी अस्पतालहरूलाई कोभिड उपचारतिर नलाग्नू, नन्कोभिड उपचारतिर लाग्नू भनेर सार्वजनिक रूपमै भन्दै आएको छौँ । कति अस्पतालहरूले बिरामी पठाएका छन्, कति पठाएका छैनन् ।
दुःखको कुरा, अहिले काठमाडौँमा कोभिड बिरामी बढ्ने क्रममा छ । सबै सरकारी तथा निजी अस्पतालका बिरामीलाई वीर अस्पताल पठाइदिनुस् भन्दा हामीलाई गाह्रो हुने हो कि भन्ने अवस्थामा हामी पुगेका छौँ । वीर अस्पतालले कोभिड बिरामीको उपचार गर्यो भने अन्य अस्पतालले नन्कोभिड बिरामीको गरे हुन्छ ।
त्यसो गर्दा बिरामीलाई अप्ठ्यारो पर्दैन् । त्यसरी व्यवस्थापन गर्ने विचार गरेका छौँ । वीर अस्पतालमा पाँच सय कोरोना सङ्क्रमित बिरामी उपचाररत रहुन्जेल हामीकहाँ नन्कोभिड उपचार सेवा प्रभावित हुँदैन । किनभने नयाँ भवनमा आठ सय बेड राख्छौँ । पुरानो भवनमा झण्डै पाँच सय बेड राख्न सकिन्छ । अहिले नन्कोभिड बिरामीको अस्पतालको क्षमताअनुसार उपचार सेवा दिइरहेका छौँ । वीर अस्पतालले एक हजारसम्म कोभिड बिरामीको उपचार गर्न सक्छ । एक हजारभन्दा बढी बिरामीको उपचार गर्नुप¥यो भने ट्रमा सेन्टर खाली गर्नुपर्छ । त्यहाँ दुई सय बिरामीको उपचार गर्न सकिन्छ । हामीले एकै पटकमा १२ सय कोभिडका बिरामीको उपचार गर्न सक्छौँ । कोरोना सङ्क्रमित बिरामी कम भएभने नन्कोभिड बिरामीको पनि उपचार गर्छौं । धेरै बिरामी भएभने नन्कोभिड बिरामीको उपचार गर्दैनौँ । दोस्रो लहरमा अक्सिजनको हाहाकार भयो, तेस्रो लहरका लागि तयारी कस्तो छ ।
अघिल्लो लहरमा अक्सिजनको धेरै समस्या भयो । अहिले दोस्रो लहर आउनुभन्दा अगाडि नै स्वास्थ्य मन्त्रालयको सिनियर म्यानेजमेन्टले १८, १९ वटा अक्सिजन प्लान्ट तुरुन्त खरिद गर्न स्वास्थ्य सेवा विभागलाई बजेटसहित अर्डर दिएको थियो । तर, खरिद भएन । विभागले प्लान्टहरू किन्न नसकेको कारणले गर्दा दोस्रो लहरमा अक्सिजनको समस्या भएको हो । त्यसपछि स्वास्थ्य सेवा विभागलाई अक्सिजन प्लान्ट किन्न नलगाएर सम्बिन्धत अस्पताललाई किन्न लगाएका छौँ ।
जस्तै–वीरमा पुरानो एउटा प्लान्ट थियो, नयाँ एउटा प्लान्ट राखेर २८५ लिटर अक्सिजन प्रतिदिन उत्पादन हुन्छ । २० टन क्यापासिटीको लिक्विड अक्सिजन ल्याएर राखेका छौँ । अर्को प्लान्ट पाइपलाइनमा छ । ६ सय अक्सिजन सिलिन्डर छन् । सय बेडभन्दा माथिका प्रदेशिक तथा निजी अस्पतालहरूलाई पनि अक्सिजन प्लान्टको व्यवस्था गर्न निर्देशन दिँदा आक्रोशित भएका थिए । निजी अस्पतालहरूलाई अक्सिजन प्लान्ट राख्नुपर्छ भन्दा मप्रति आक्राशित भए । पछि तिनै अस्पताललाई कोभिड बिरामी राखेर बिरामी धान्न गाह्रो प¥यो । निजी अस्पतालको व्यवसाय आखिर कोभिड बिरामीले धाने ।
पछि आएर अक्सिजन सिलिन्डरका आधारमा अस्पताल चलाइरहेका छन् । अब यस्तो गर्न भएन । अब अक्सिजन प्लान्ट नै राखेर अस्पताल चलाउनुस् वा अक्सिजन लिक्विड ट्याङ्क राखेर सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयले निर्देशन दिँदा पहिला धेरैले नेगेटिभ रूपमा लिए तर अहिले सबैले बुझेका छन् ।
अब कुनै पनि हालतमा अक्सिजन प्लान्ट वा ट्याङ्क नभएका अस्पतालहरूलाई उपचारका लागि अनुमति दिनुहुँदैन । अस्पतालमा अक्सिजन छैन भनेर बिरामीलाई सिलिन्डर ल्याऊ भन्नु हुँदैन । अक्सिजन सिलिन्डर बिरामीलाई नै बोकेर अस्पताल ल्याउन भन्न हामी कति उत्तरदायी भयौँ । अब फेरि हामी उत्तरदायी भएर काम गर्ने । दोस्रो महामारीको अवस्थाबाट पाठ सिकेर अक्सिजन सिलिन्डरको व्यवस्थापन गर्नुपर्छ ।

  • Saptarangi Media
  • शुक्रबार, साउन १५, २०७८ १४:0७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

छुटाउनुभयो कि?