१५ साउन, काठमाडौं ।
पछिलो समयमा कोरोना संक्रमणदर बढ्न थालेको कारण आज शुक्रबार अपरान्ह ४ बजे सिंहदरबारमा सीसीएमसी ( कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ) बैठक बस्ने भएको छ । बैठकमा कोरोना संक्रमण बढ्न थालेपछि त्यसको रोकथामको उपायका सन्दर्भमा छलफल हुने छ ।
तथ्यांक हेर्ने हो भने हिजो विहीबार मात्र ३ हजार ३६५ कोरोना संक्रमित थपिएका थिए । पछिल्लो समय कोरोना संक्रमित संख्या बढ्दै गएपछि अस्पतालका आईसीयू र भेन्टिलेटर फेरि भरिन थालेका छन् । बेलैमा सजग रहन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।