आज साउन १५ वा खिर खाने दिन । आज देशभर खिर खाएर साउन १५ मनाइने गरिन्छ । खिरमा चामल , दुध , किसमिस , काजु , बदाम , नरिवल , चिनी आदि जस्ता सामान हालेर बनाइने गरिन्छ । नेपालीहरुले खिर माया सद्भाव साट्न र स्वाद फेर्नको लागि खाने गरेका छन् । आज गाउघरमा सालको पात र सिन्का बाट बनको टपरीमा हालेर स्वाद लिदै खाने प्रचलन छ ।
यो नेपाली परिवारको अपरिहार्य परिकारको रूपमा नेपालीहरूबीच लोकप्रिय सांस्कृतिक पकवानको रूपमा परिचित छ । नेपाली एउटा कृषि प्रधान देश भएको कारण असार भरि रोपाई गरेर थाकेका किसानहरुले आज बिशेष गरि मुख फेर्ने गरको प्रचलन रहेको छ ।