हुम्लाको एक होटेल बाट जुवा खेल्दै गरेका दुई वडाध्यक्षसहित श्रीनगर प्रहरीचौकीले १५ जनालाई पक्राउ गरेको छ ।
हुम्लाको दक्षिण क्षेत्रमा रहेको अदानचुली गाउँपालिकाको मुख्य बजार अदानचुली –३ स्थित स्वास्थ्यचौकी नजिकै रहेको एक होटल तथा पसलबाट जुवा खेलिरहेको अवस्थामा बुधबार रङ्गेहात पक्राउ गरेको हो । नियमित डिउटीको क्रममा प्रहरीले पक्राउ गरेको हो। गाउको मुख्य मान्छे भएर आफै गलत काम गरको भन्दै स्थानीयको गुनासो रहेको छ।